रुसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपाली हराइरहेको उजुरी परेको छ – मन्त्री साउद

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन् । उनले केही नेपालीहरु भर्ना भएको र भर्ना भएका मध्ये हालसम्म सात जना मारिएको जानकारी रुस सरकारले नै गराएको बताएका छन् ।
‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन् ।’
बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उनले बताए । राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पु¥याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताए । काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताए ।
प्रतिकृया दिनुहोस्