जनता भ्रमित पार्न गणतन्त्र विरोधी षड्यन्त्र गरियो – प्रधानमन्त्री प्रचण्ड

जनता भ्रमित पार्न गणतन्त्र विरोधी षड्यन्त्र गरियो – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) विशेष रूपान्तरण अभियान अन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताए ।

‘जनतालाई निराश हुनबाट तपाईं–हामी सबैले बचाउनुपर्छ । एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन्,’ उनले भने । प्रधानमन्त्री दाहालले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिए ।

लोकप्रिय