चार निर्माण कम्पनी कालोसूचीमा

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एमपी, एससीएफ, इसीसी जेभी सुर्खेतलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो । जेभीअन्तर्गत पश्चिम बंगाल भारतको एमपी सितानी एण्ड सन्स, सुर्खेतको सूर्य कन्स्ट्रक्सन फर्म र काठमाडौं सुकेधाराको एलिट कन्स्ट्रक्सन प्रालि रहेका छन् ।

यी निर्माण कम्पनीलाई सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, राजमार्ग योजना कार्यालय कुश्मा पर्वतको सिफारिसमा कालोसूचीमा राखिएको हो ।

त्यसैगरी पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय कास्कीको सिफारिसमा भूमि इन्फ्रास्ट्रक्चर प्रालि मोरङलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।

लोकप्रिय