भारतमा उपचार पछि स्वदेश फर्कीए सांसद थापा

भारतमा उपचार पछि स्वदेश फर्कीए सांसद थापा

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापा उपचारपछि स्वदेश फर्किएका छन् । गत कार्तिक ३० गते स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली गएका थापा एक महिना ११ दिन लामो दिल्ली बसाईपछि बुधबार स्वदेश फर्कीएका हुन् ।

थापा लामो समयदेखी मेरुदण्ड र नसा सम्बन्धी एभिएन पेल्भिसबाट अस्वस्थ थिए । नेपालको मध्यपुर अस्पताल र काठमाण्डौंको ट्रमा सेन्टर गरिएको शल्यक्रियाबाट पनि स्वास्थ्यमा सुधार नभएपछि थापा गत कार्तिक ३० गते उपचारको लागि दिल्ली गएका थिए ।

दिल्लीस्थित फोर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले थापाको दाहिने पट्टिको हिप रिप्लेसमेन्ट सर्जरी सफलतापुर्वक सम्पन्न भएपस्चात केहि दिन को फिजियोथेरापी पछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताईएको छ । थापाको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि चिकित्सकको सल्लाह अनुसार अझै उनलाई आरामको आवश्यकता रहेको बताइएको छ ।

बुधबार थापालाई नेपाली कांग्रेस भक्तपुरका कार्यबहाक सभापति विजेश अवाल, उपसभापति उर्मिला वन, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर क्षेत्र नं. १ का सभापति एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, बागमती प्रदेशका पुर्वमन्त्री कृष्णलाल भँडेल, जिल्ला कार्यसमितिका सचिबहरू रूद्र प्रसाद ढुंगाना ,शुसिल बस्नेत लगाएतका पदाधिकारीहरु, नेपाली कांग्रेस सूर्यविनायकका सभापति निशान ढुंगेललगायतका नेता कार्यकर्ता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गरेका छन् ।

लोकप्रिय