लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा रणनीतिक लगानीे गर्ने

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा रणनीतिक लगानीे गर्ने

काठमाडौँ । लक्ष्मी क्यापिटल कोष प्रवर्द्रधक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड (एलएसईएफ)ले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवात गरेको छ । साथै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चाल्नका साथै आफुले संचालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानीको शुभारम्भ समेत गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्र्तगत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्नको लागि इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये लक्ष्मी क्यापिटल एक हो । एलएसईएफ लक्ष्मी क्यापिटलको पहिलो प्राइभेट इक्विटी कोष हो । एलएसईएफ कोषको आकार रु एक अर्बको रहेको जानकारी दिइएको छ । लक्ष्मी क्यापिटल प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष संचालन गर्न स्वीकृति प्राप्त गरी लगानी शुरू गर्ने पहिलो केहि मन्र्चेट बैक मध्ये एक हो । यो कोषले जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगीसकेको छ । ताप्लेजुङ जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै कम्पनीसँग थप १५ मेगावाट (मध्य इङ्वा खोला जलविद्युत आयोजना) को अर्को जलविद्युत आयोजनाको इजाजतपत्र समेत रहेको छ ।

जिम्मेवार लगानीको प्रतिवद्धताको थप प्रमाणको रूपमा, लक्ष्मी क्यापिटल Operating Principles for Impact Management (Impact Principles) को एक Signatory समेत हो । जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनीयता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पुर्याउने बताइएको छ ।

लोकप्रिय