प्रो क्लब क्रिकेट च्याम्पियनसिपः उपाधिका लागि पुलिस र सन्दीपको टिम पर्सा–११ भिँड्दै

प्रो क्लब क्रिकेट च्याम्पियनसिपः उपाधिका लागि पुलिस र सन्दीपको टिम पर्सा–११ भिँड्दै

काठमाडौं । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र पर्सा–११ भिड्ने भएका छन् ।

वीरगञ्जस्थित नारायणी रंगशालामा शनिबार दिउँसो १ बजे खेल शुरु हुनेछ । शुक्रबार सम्पन्न सेमिफाइनलमा पर्सा–११ ले नेपाल आर्मी क्लबलाई तथा नेपाल पुलिस क्लबले भारतको वान्डर्स क्लब नोयडालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

यस्तै तेस्रो स्थानका लागि बिहान ९ बजे नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोयडाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेसनलको आयोजनामा गत पुस ५ गतेदेखि सञ्चालित प्रतियोगितामा पर्सा–११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वान्डर्स क्लब र यूपी–११ सहभागी छन् ।

लोकप्रिय