बालकुमारी घटनाको विरोधमा सुर्खेतमा चर्कियो आन्दोलन

बालकुमारी घटनाको विरोधमा सुर्खेतमा चर्कियो आन्दोलन

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा मृत्यु भएका युवाका आफन्तहरुले सुर्खेतमा आन्दोलन चर्काएका छन् । दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको हो । दैलेखलगायत कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् । उनीहरुले रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको बताए ।

लोकप्रिय