कोइलाखानीमा शव भेटिएका पुरुषको हत्या भएको खुलासा, ३ जना पक्राउ

कोइलाखानीमा शव भेटिएका पुरुषको हत्या भएको खुलासा, ३ जना पक्राउ

काठमाडौं । शुक्रबार दाङको कोइलाखानीको सुरुङमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेपछि हत्यामा संलग्न रहेको आशंकामा दाङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

दाङको घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा शुक्रबार मृत भेटिएका थिए ।

बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा पुरुषको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा केसीको हत्या भएको संकेत मिलेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीले पक्राउ पर्ने व्यक्तिको पहिचान सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतमा पक्राउ गरेर नेपाल ल्याइएको हो । केसीको हत्या गरेर कोइलाखानीको सुरुमा शव लुकाएपछि उनीहरु भारत भागेका थिए । भारतीय प्रहरीसँगको सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

लोकप्रिय