सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चार बुँदे सहमति

सरकार र बालकुमारी घटनाका मृतक परिवारबीच चार बुँदे सहमति

काठमाडौं । सरकार र बालकुमारी घटनामा ज्यान गुमाएका मृतक परिवारबीच चार बुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच छलफलपछि चार बुँदे सहमति भएको हो ।

गत शुक्रबार ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो । प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।

दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन् ।

मृतक परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरिसकेको थियो । त्यसबाहेक मृतक परिवारका सदस्य एक–एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो । सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ ।

दुबै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुबै जनाको शव परिवारले बुझ्ने पनि सहमति भएको हो । शव सम्बन्धित जिल्लामा पु¥याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख गरिएको छ ।

लोकप्रिय