रूस–युक्रेन युद्धको क्रममा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टी
काठमाडौं । रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिए ।
‘थप तीन जना नेपालीको मृत्यु भएको सूचना पाएका छौं,’ उनले भने । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको उनको भनाइ छ । स्याङ्जाका अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुन् ।
‘मलाई सरकारी संयन्त्रबाटै वालिङ–१४ का हरिप्रसाद अर्यालको मृत्यु भएको र आवश्यक कागजात पठाइन लागेको जानकारी आएको थियो,’ वडाध्यक्ष राजु कुँवरले भने । उनी गत कात्तिक ३ गते मात्रै रूस गएको वडाध्यक्ष कुँवरले जानकारी दिए ।
‘अर्याल दुबई हुँदै त्यहाँ पुग्नुभएको रहेछ । चार दिन दुबईमा ट्रान्जिट पारेर रूस पुगेको र त्यहाँको फौजमा भर्ती भएको खुलेको छ,’ उनले भने ।
अर्याल पूर्वसैनिक रहेको पनि वडाध्यक्ष कुँवरले बताए । ‘उहाँ तीन वर्षजति नेपाली सेनामा कार्यरत रहेको र भर्खरै जागिर छाडेको खुल्न आएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस्