कान्तिपुरविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता

कान्तिपुरविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । लामिछानेले मंगलबार अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा लर्ता गरेका हुन् ।

लामिछानेले कान्तिपुर पब्लिकेसन, पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई–कान्तिपुर डटकम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको मुद्दामा क्षतिपूर्ति मागदाबी पनि गरेका छन् ।

‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन । हार जीतको पर्वाह नगरी उ इमानका साथ लडिरहन्छ । म आरोप लाग्नै नहुने मान्छे होइन,’ सामाजिक सञ्जाल फेसबुकमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन् ।

लोकप्रिय