नगर प्रमुख चौधरीको महासंग्राम १ः बिकासका ३३ बुँदा सार्वजानिक

लहान । सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले आफू निर्वाचित भएपछि नगरमा गरेका बिकास निर्माणका ३३ ओटा बुँदा सार्वजानिक गरेका छन् । चौधरीको सचिवालयदरा सार्वजानिक बिकास बुँदामा दलितभित्रको पनि दलित मानिने मुसहर समुदायका मृतकलाई उपलब्ध गराईने क्रिया खर्च देखी जन्मदर्ता देखि मृत्युदर्ता, विवाह दर्ता, नागरिकता बनाउन गर्नुपर्ने आबश्यक सिफारिस शुल्क मिनाहनसम्मका कुरा उल्लेख गरिएको छ ।
बुँदामा हरेक महिना २२ गते गर्भवती महिलालाई पोषण खाधन्न वितरण, आँखा शिविरबाट १ हजार ९१ जनाको मोतिबिन्दुको शल्यकृया र ७ हजार जनाको औषधोपचार, महिला समूह सहकारीका २४ जना महिलालाई व्यवसाय गर्न बिउ पुँजिका लागि सहयोग स्वरुप २५ हजार रुपैयाँ वितरण, विद्यालयका कार्यालय सहयोगी र लेखापाल र बालबिकास शिक्षकको ८ हजार रुपैइयाँ तलब बृद्धि, एक आर्थिक बर्षभित्रै १५ किलो मिटर सडक आरसिसी र पिसिसी ढलान, १२ र १५ नं. वडाका मुसहर समुदायका ६५ घरपरिवारलाई पक्किघर वितरण लगायतका कार्यक्रमहरु सञ्चालनमा ल्याएको उल्लेख छ ।
त्यस्तै, नगरमाभरी १ सय ४१ ट्युबेल तथा १८ ओटा डिप वोर्डिगं जडान, महिलाहरुलाई स्वरोजगार बनाउन गुडिया बनाउने तालिम , विधुमितमकरणका लागि ४ सय ५० पोल जडान आदी पनि बुँदामा समाबेश गरिएको छ ।
सम्झना संगिताको
बिपीवादबाट प्रभाबित भएर प्रदिप गिरीको छत्रछायाँँमा राजनीति थालेका मुलुककै ठूलो नगरपालिका सिरहाको लहानमा फक्रदै गरेको नगरप्रमुख महेशप्रसाद चौधरीको बिकासयात्रा झागिंदैगर्दा संगीता कर्मचार्य भाउजूको अभाब खट्किरहेको आभाश धेरैले गरेका छन् ।
यहि मेशोमा प्रमुख चौधरीले आफू मेयरमा निर्वाचित भएयता आफूले गरेका बिकास निर्माणका २३ बुँदा सार्वजानिक गरिरहँदा संगिता भाउजूलाई धेरैले सम्झना गरे । दलित समुदायले संगिता भाउजूलाई अझ धेरै मिश गरिरहेको उनले बताए ।
बैरी बन्यो कोरोना
कोरोनाले बिश्वमानचित्र बेहोसी हालत बेहोरीईरहँदा नेपाल पनि अछुतो रहने । बिद्रोहबाटसँधै राज्यसँग हिसावकिताव गर्न बिबश सिरहाको लहान पनि कोरोनाले थल्लिईरहेको थियो । गरिबका झुपडी चिसिदै थियो । सबै भन्दा बढि लहानमा कोरोनाले दलित समुदाय प्रभाबित बनेका थिए । धेरैको चुल्हो बल्न छाडेको थियो ।
यस्तैमा कांग्रेसका बैचारिक नेता प्रदिप गिरीको सल्लाहमा महेश संगिता दम्पतीले कोरोनाको संगिन घडीमा उदर अभियान थाल्यो । दलितबस्तिहरुमा दालचामल देखी लतकपडा र ओढ्ने ओछ्याउने सम्मका सामाग्रि वितरण अभियान थाले पछि महेश संगिता दम्पती समाजसेवीका रुपमा चर्चामा आए ।
महेशप्रसाद चौधरीको राजनीतिक छवि ओझेलमा पर्यो । लहानका हजारौँ गरिब दलित परिवारले यो दम्पतीलाई भगवानकै संज्ञा दिएको थियो त्यसबेला । तर , तिनै संगिता भाउजू स्वं आफै कोरोनाको शिकार बनिन् । कोरोनाले उनलाई मृत्युशैयामा पुर्याई छाड्यो । यतिबेला लहान तिनै संगितालाई मिश गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्