अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाई

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाई

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले उनी विरुद्धको निवेदनमा ‘मागदावी नपुग्ने’ फैसला गरेको हो ।

द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए ।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए ।

माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए । उक्त भनाइले अवहेलना नभएको सर्वोच्चले ठहर गरेको हो ।

लोकप्रिय