टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, श्रीलंका संगै समूह ‘डी’ मा
काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ । प्रतियोगिताको आधिकारिक ब्रोडकास्टर स्टार स्पोर्ट्सका अनुसार नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन् । त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ । सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ ।
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल
समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपालसहितका टिमको खेल तालिका सार्वजनिक हुन बाँकी छ । नेपाल रहेको समूहको खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन् । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन् ।
प्रतिकृया दिनुहोस्