सबै मिलेर जनता र देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्नेमा आह्वान

सबै मिलेर जनता र देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्नेमा आह्वान

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै देशको अस्तित्व जोगाउन सबै गम्भिर हुन आह्वान गरेका छन् । शनिबार काठमाडौंमा ‘बिपीवाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।

अहिलेको सरकारले र नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर गर्दै उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताए । दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति गुनासो गर्दै प्रथम राष्ट्रपतिले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए । सबै मिलेर देश, जनता र देशको सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्ने बताए ।

‘निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरू पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने त्यो कुरा सही हो । गर्न सकिरहेको छैनन्,’ उनले भने ।

लोकप्रिय