त्रिवि उपकुलपतिको विज्ञापन रद्द, नयाँ मापदण्ड सहित पुनः खुलाइने

त्रिवि उपकुलपतिको विज्ञापन रद्द, नयाँ मापदण्ड सहित पुनः खुलाइने

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ ।

उपकुलपति छनोट समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि प्रधानमन्त्रीले शुक्रबार नै सच्याउन भनेका थिए । अब समिति नयाँ विज्ञापन निकाल्ने बताइएको छ ।

लोकप्रिय