उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

काठमाडौँ । चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरीष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।

श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । पन्त तृतीय उपाध्यक्ष थिए ।

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए । कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो ।

लोकप्रिय