वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था गर्न निर्देशन

वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । रोजगारीका लागि विदेश जानलाई मिटरब्याजी र दलालबाट ऋण लिँदा युवाहरु ठगिएको भन्दै प्रधानमन्त्रीले सरकारले नै ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने नेपालीको ज्ञान, सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन निर्देशन दिए ।
‘सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनुहोला ।

श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला ।’ छलफलमा प्रधानमन्त्रीले भने ।

लोकप्रिय