कुकुरले ४ हजार डलर खाइदिएपछि…

कुकुरले ४ हजार डलर खाइदिएपछि…

एजेन्सी । अमेरिकामा एउटा कुकुरले मालिकको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ । ठेकेदारलाई दिन ठिक्क पारेको उक्त डलर सेसिल नामको कुकुरले खाइदिएको हो ।

खाममा डलर राखेर घरको मलिक बाहिर गएको र त्यसको ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर सखाप पारेको थियो ।

७ वर्षको सेसिल कुकुरले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भए । उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए ।

लोकप्रिय