राष्ट्रिय भलिबलको उपाधिका लागी एपिएफ र नेपाल पुलिस खेल्ने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको लागी बिहीबार (भोली) दुई विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लव भिँड्ने भएका छन । आज भएको सेमिफाइनलमा पुलिसले आर्मी र एपिएफले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि भिड्न्त पक्का गरेका हुन ।
उपाधि दावेदार मानिएको आर्मीलाई पुलिसले ३–० ले हराँउदै उपाधिको नजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले आर्मीलाई २५–२१ मा पराजितगर्दा दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेटमा ४–४ को बराबरीबाट लगातार ९ अंक जोड्दै अघि बढेको पुलिसले सहजै आफ्नो पक्षमा पारेको थियो। त्यसपछि निकै दबाबमा रहेको आर्मीलाई २५–१९ मा पाखा लागाउदै पुलिसले एपिएफ संगको भेट पक्का गरेको हो। यस्तै एपिएफले गण्डकीलाई २५–२३,२५–२० र २५–१५ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।
पहिलो सेटमा एक समय १०–९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन नसक्दा खेल गुमाउनु पर्यो । यस्तै तेस्रो स्थानको लागी गण्डकी प्रदेशबीच आर्मीको सामना गर्नेछ ।
प्रतिकृया दिनुहोस्