राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत शुक्रबार (आज) अन्तिम नामावली प्रकाशन हुँदैछ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ पदका लागि आठ राजनीतिक दलका ५२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई शनिबार निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यसूची छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहनेछन् ।

लोकप्रिय