विनोद राई जिते ‘द भ्वाइस अफ नेपाल सिजन ५’

काठमाडौं । विनोद राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को उपाधि जितेका हुन् ।
विनोदले टिम मिलन नेवारबाट प्रतिस्पर्धा गरेका थिए । यस सिजनमा कोच मिलनले समेत उपाधि पाएकी छन् । टिम राजेश पायल राईबाट मकरबहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए । यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने ।
दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ । यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बू, तेस्रो संस्करणको उपाधि किरण गजमेर र चौथो संस्करणको उपाधि करण राईले जितेका थिए ।
प्रतिकृया दिनुहोस्