प्रधामन्त्री कप राष्ट्रिय क्रिकेट आजबाट सुरु

प्रधामन्त्री कप राष्ट्रिय क्रिकेट आजबाट सुरु

काठमाडौं । प्रधामन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज (शनिबार)बाट सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले आयोजना सुरु भएको प्रतियोगिताका खेलहरु ३ मैदानमा हुनेछन् । काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान तथा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

पहिलो पटक यस प्रतियोगिता राउण्ड रोविन लिग फर्म्याटमा हुँदैछ । सबै टिमले एक अर्कासँग खेल्न पाउँछन् । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो दिन तीन खेल हुनेछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच त्रीवी क्रीकेट मैदानमा हुनेछ । उक्त खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बागमतीको कप्तानी रित गौतम र पुलिसको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।

यस्तै कोशी र मधेश प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ भने लुम्बिनी र गण्डकी प्रदेशबीचको खेल भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुनेछ । मुलपानी मैदानमा मधेसले कोशी प्रदेश विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनी र गण्डकीबिचको खेल मौसमका कारण केही ढिलाई भइरहेको छ ।

लोकप्रिय