रञ्जिता क्षेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा मनोनीत

रञ्जिता क्षेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्षमा मनोनीत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको छ । टीकापुरमा शनिवार सम्पन्न पार्टीको प्रथम महाधिवेशनले रञ्जितालाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै रञ्जितालाई सहअध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको हो ।

रञ्जिता रेशम चौधरीकी श्रीमती हुन् । यस्तै नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्थासमेत गरेको छ । टीकापुर घटनामा रेशम जेल परेपछि पार्टीको अध्यक्ष उनकी पत्नी रञ्जिता भएकी थिइन् ।

लोकप्रिय