वडाध्यक्षकै सिफारिसमा अवैध असुलीको आरोप

वडाध्यक्षकै सिफारिसमा अवैध असुलीको आरोप

सिरहा । सिरहाको लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितले सिफारिसमा हस्ताक्षर गरेबापत अवैध रकम लिने गरेको आरोप सेवाग्राहीहरूले लगाएका छन् । उनले वडामा आउने सेवाग्राहीहरूसँग अवैध असुली गरेर पक्कि घर ठडयाएको स्थानीयको आरोप छ ।

स्रोतका अनुसार वडाध्यक्ष पण्डितले सिफारिसपत्रहरूमा हस्ताक्षर गरेबापत जनही एक हजार रूपैयाँ दरले अवैध असुलि गर्ने गरेका छन् । नागरिकता, विवाहदर्ता, जन्मदर्ता, पासपोर्ट, घरबाटो देखि लिएर मृत्यु दर्ता सिफारिसको समेत असुली गर्नेगरेको सबैलाई जानकारी भएको एकअर्का सेवाग्राहीले बताएका छन् ।

वडाकार्यालयका अनुसार दैनिक २० देखि २५ ओटा समेत सिफारिसको काम आउने गरेको छ । यता वडाध्यक्ष पण्डितले अवैधअसुली गर्ने गरेको भनेर विपक्षी दलका नेता कार्यकर्ताहरुले फिजाएको हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन् ।

लोकप्रिय