रूसी सेनामा कार्यतर थप एक नेपालीको युवाको मृत्यु

रूसी सेनामा कार्यतर थप एक नेपालीको युवाको मृत्यु

काठमाडौं । रुस–युक्रेन बिचको युद्धमा परी थप एक नेपाली युवाको ज्यान गुमाएका छन् । रुसी सेनामा कार्यतर लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर मंगलबार आएको माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका केन्द्रीय सचिव सुनील सुनारले जानकारी दिए ।

साजन वाइसिएल दूधपोखरी गाउँपालिकाका अध्यक्ष समेत थिए । साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए । तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो ।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ । दर्जन बढी नेपाली युवाका शव रुस स्थित शवगृहमा राखे पनि सरकारले स्वदेश ल्याउन सकेको छैन । हाल १ सय ३३ परिवारले आफ्ना परिवारका सदस्यहरू त्यहाँ जोखिममा परेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन् ।

 

लोकप्रिय