ईञ्जिनियर रामानन्दको लहान यातायातमा ब्रम्हलुट
लहान । सिरहाका ईञ्जिनियर रामानन्द साहले अनाधिकृत असुलीलाई आक्रमक बनाएको समाचार प्राप्त भएको छ ।
सातौँ तहका मेकानिकल ईञ्जिनियर रामानन्दले जाँच पास र रूट अनुमतीमा अवैध असुली गर्दै आएको सेवाग्राहीहरूले दावि गरेका छन् ।
स्रोतका अनुसार सवारी जाँच पास गर्दा प्रति सवारी १५ सय रूपैयाँ अनाधिकृत असुली गर्दै आएको बताईन्छ । सेवाग्राहीहरूका अनुसार सवारी उपलब्ध नभएपनि अनाधिकृत रकम लिएर उनले जाँच पास गरिदिदै आएका छन् ।
त्यस्तै, रूट अनुमति दिन पनि ईञ्जिनियर साहले अनाधिकृत रकम लिने गरेको सेवाग्राहीहरूको दावी छ ।
जाँचपासको अनाधिकृत रूपमा १५ सय लिने गरेका साहले ५ हजार रूपैयाँ अनाधिकृत असुली गर्दै आएको स्रोतको दाबी छ ।
जाँच पास र रूटपर्मिट अनुमतीका लागि लहान यातायातमा दैनिक २५ वटा सवारी साधन आउने कार्यालयले जनायो ।
भनिन्छ , लहान यातायातको अनाधिकृत कमाईले ईञ्जिनियर साहले प्रशस्त जेथो जोडेको उनी निकटकाहरूले बताएकाछन् ।
सप्तरीस्थित घरमै हार्डवेय पसल खोलेका ईञ्जिनियर साहमाथि अख्तियारले विशेष निगरानी बढाएको छ । बर्दिबास अख्तियारका अनुसार ईञ्जिनियर साह विरूद्व दर्जन बढि उजुरी दर्ता भएकाछन् भने उनी विरूद्वको उजुरी उपर अख्तियारले मिहिन अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै सम्पती शुद्विकरण विभागले पनि साहले जोडेको अकुत जेथो उपर अनुसन्धान अघि बढाउनुपर्ने एकअर्का सेवाग्राहीको माग छ ।
भनिन्छ , ईञ्जिनियर साहकै अनाधिकृत असुली र चलखेलले समग्र लहान यातायात जनस्तरमा बदनाम हुँदै आएको छ ।
यस बिषयमा प्रतिकृया लिन खोज्दा ईञ्जिनियर साहसँग सम्पर्क हुन सकेन ।
प्रतिकृया दिनुहोस्