वीरेन्द्रनगरमा तेस्रो ‘कर्णाली एक्सपो महोत्सव २०८०’ हुँदै

वीरेन्द्रनगरमा तेस्रो ‘कर्णाली एक्सपो महोत्सव २०८०’ हुँदै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्सपो महोत्सव २०८० सञ्चालन हुने भएको छ । कर्णाली प्रदेशको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली एक्सपो सञ्चालन गर्ने जनाएको छ ।

माघ २६ गते देखि फागुन ५ गतेसम्म महोत्सव हुन लागेको एक्सपो मूल आयोजक समितिका प्रवक्ता, प्रचार–प्रसार संयोजक तथा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले जानकारी दिए ।

उनले उद्योग वाणिज्य सघंले स्थापना गरेको व्यवसायी राहत अक्षय कोषमा रकम अभिवृद्धि गरी एक करोडसम्म पुर्याउने, संघअन्तर्गत रहेका वस्तुगत समितिहरूका लागि बेग्लै बैठक कक्षसहित उपकरणको व्यवस्थापन गर्ने र निजी क्षेत्र र संचार माध्यम बिच आपसी समन्वय गर्दै आर्थिक क्षेत्रमा योगदान पुग्याउने पत्रकारहरूको सामाजिक सुरक्षाका लागि रु पाँच लाखसम्मको अक्षय कोष खडा गर्ने प्रमुख उद्देश्य रहेको जानकारी दिए ।

महोत्सव वीरेन्द्रनगर नगरपालिका अगाडिको खुलामञ्चमा हुनेछ । महोत्सवमा करिव ४ सय देखी ५ सय वटासम्म स्टल हुनेछन् उनले भने, स्थानियलाई स्टलमा प्राथामिकता दिने छौँ । यस्तै महोत्सव करिव ५ लाखले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

स्थानीय स्रोतको सदुपयोग गरि उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगको उत्पादित बस्तुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उद्देश्य रहेको छ । देशभित्रका सबै प्रकारका उत्पादनमूलक उद्योगका अलावा कृषि, वन पैदवार, हस्तकला, उर्जा, बायोग्याँस लगायत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टल रहने आयोजकले जनाएको छ ।

लोकप्रिय