कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न टोली गठन
काठमाडौं । कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरूसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा टोली गठन गरेको हो ।
टोलीको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए ।
वार्ता टोलीमा रहेका दुई मन्त्रीमध्ये जगेबु एकीकृत समाजवादी र उप्रेती माओवादी केन्द्रका हुन् । वार्ता टोलीमा सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधित्व छैन ।
तत्कालीन प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि पहिचान पक्षधरहरूले विभिन्न किसिमका संघर्षका कार्यक्रम गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्