जागिर खाने नाममा रुसी सेनामा भर्ती नहुन प्रधानमन्त्री प्रचण्डको आग्रह

जागिर खाने नाममा रुसी सेनामा भर्ती नहुन प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन गर्ने गरी रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् ।

आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, संविधानको मर्म विपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरित सेनामा भर्ती नहुन आग्रह गरे ।

उनले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे ।

उनले रुसलाई युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फकाएदिन आग्रह गरिएको बताए । प्रधानमन्त्री दाहालले रुस र युक्रेनमा नेपालीहरू सेना भर्तीको विषयलाई सरकारले गम्भीर रुपमा लिइरहेको बताएका छन् ।

लोकप्रिय