बागमती प्रदेश लोकसेवा आयोगले माग्यो १ हजार १ सय बढि कर्मचारी

बागमती प्रदेश लोकसेवा आयोगले माग्यो १ हजार १ सय बढि कर्मचारी

काठमाडौँ । बागमती प्रदेशको लोकसेवा आयोगले १ हजार १ सयभन्दा धेरै कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका पालिकाका विभिन्न सेवा र समूहमा गरी १ हजार १ सय १३ जना कर्मचारी माग गरिएको हो ।

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । आयोगले यही २८ माघभित्र दरखास्त दिन आग्रह गरेको छ ।

लोकप्रिय