कांग्रेस भक्तपुरको भवन निर्माणमा युवा नेता राणाले २० लाख सहयोग दिने

कांग्रेस भक्तपुरको भवन निर्माणमा युवा नेता राणाले २० लाख सहयोग दिने

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले नेपाली कांग्रेस भक्तपुरको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका छन् । कांग्रेस जिल्ला समितिको २७औं बैठकमा नेता राणाले सो घोषणा गरेका हुन् ।

सहयोग घोषणा गर्दै नेता राणाले पार्टीको भवन निर्माणमा वर्तमान जिल्ला सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको दृढ संकल्पलाई साथ, सहयोग र सहकार्य गर्न आर्थिक सहयोग प्रदान गरेको बताए । पार्टीको भवन निर्माण सँगै कांग्रेसको संगठन बिस्तारमा थप सहज हुने र कांग्रेस प्रति युवाहरुको आकर्षण बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

युवा नेता राणा पुर्व खेलाडीका साथै समाजसेवी समेत हुन । उनले आफ्ना दाजु नेपाली काँग्रेसका नेता एवं वरिष्ठ पत्रकार कविर राणाको सहकार्यमा स्व. माता मिनकुमारी राणाको स्मृतिमा प्रतिष्ठान स्थापना गरी खेलाडी, पत्रकार र प्रजातन्त्र सेनानीलाई सम्मान र पुरस्कृत गर्दै आइरहेका छन् । त्यसो त देशमा परेका जुनसुकै बिपतमा पनि राणाले सक्दो सहयोग गरिरहेका छन् ।

यस्तै सहयोगी मनहरू काँग्रेसमा रहेको कारण छिटै भवन निर्माण सम्पन्न हुनेमा आफुहरू बिश्वस्त रहेको नेपाली काँग्रेस भक्तपुरको विश्वास छ ।

बैठक सकिएको केहिबेरमै निर्माण स्थलमा ईट्टा झार्ने काम भए बाट पनि भक्तपुर काँग्रेसको काम र बोलि प्रतिको बफादारिता स्पष्ट देखिएको कांग्रेस भक्तपुले जानकारी दिएको छ ।

लोकप्रिय