माघ २२ देखि संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको निर्णय

माघ २२ देखि संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं । संघीय सरकारले माघ २९ गते देखि संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ देखि अधिवेशन बोलाउने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन बोलाउने संवैधानिक प्रावधान छ । पुसमै शुरू हुनुपर्ने संसद्को विधेयक अधिवेशन माघ अन्तिमपछि मात्र शुरू हुन लागेको हो ।

लोकप्रिय