चीनमा ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
- dainiksamaj
- २०८० माघ १०, बुधबार

एजेन्सी । चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलवार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
२२ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीइएनसी)ले जनाएको छ ।
मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका थिए । भूकम्पको केन्द्रबिन्दुमा कैयौं आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । केही मानिसहरु सामान्य घाइते भएका छन् ।
भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो । यधपी क्षतिको एकिन विवरण भने आएको छैन ।
Post Views: 188
- रोनाल्डो जुनियरको दुई गोलमा पोर्चुगलको जित
- कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
- अझै बनेन झापाको बिरिङ खोलाको पुल
- धुलिखेल–साँगा सडकखण्ड कालोपत्र सुरु गरिँदै
- टी-२० विश्वकप छनोटमा नेपालले युएईको सामना गर्दै
- दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्लेअफमा
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
- देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव,केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
- राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी
लोकप्रिय
-
सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सञ्चालन
२०८२ बैशाख ३०, मंगलवार -
देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण
२०८२ जेष्ठ २, शुक्रबार -
चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर
२०८२ बैशाख २८, आईतवार -
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो
२०८२ बैशाख २९, सोमबार -
सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा
२०८२ जेष्ठ २, शुक्रबार
प्रतिकृया दिनुहोस्