सुन काण्डमा कृष्ण महरा पुत्र राहुल थुनामै रहने

सुन काण्डमा कृष्ण महरा पुत्र राहुल थुनामै रहने

काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार उक्त आदेश जारी गरेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले राहुललाई थुनामा पठाउने थुनछेक आदेश गरेको थियो । त्यसपछि राहुल जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् ।

इलेक्ट्रिक सिगरेट–भेपमा ल्याइएको सुनमा जोडिएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राहुललाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

लोकप्रिय