नयाँ बानेश्वरको सडक भासिए पछि…

नयाँ बानेश्वरको सडक भासिए पछि…

काठमाडौँ । शुक्रबार बिहान काठमाडौँको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।

नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड नजिकै शुक्रबार बिहान गुड्दै गरेको बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार गुड्दै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडक भासिँदा पछाडितर्फको चक्का फसेकाले क्रेन मगाएर हटाउने तयारी भइरहेको बताइएको छ ।

उक्त सडक खण्ड यसअघि पनि पटक–पटक भासिएको भएपनि सम्बन्धीत निकायले ध्यान नदिँदा समस्याहरु दोहोरीरहेका छन् ।

लोकप्रिय