मधेस प्रदेशमा १० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको अदालतको ठहर

काठमाडौं । विशेष अदालत काठमाडौंले मधेस प्रदेश सरकारको महत्वकांक्षी योजना साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदाललते साइकल खरिदमा कैफियत देखिएको भन्दै तत्कालीन प्रदेश सचिव सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गरेको छ ।
उनीहरुकै संलग्नतामा खरिद गरि राज्यलाई नोक्सान पुर्याएको देखिएको भन्दै सर्वोच्चले यस्तो ठहर गरेको हो । मधेस प्रदेशको १० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले मधेस सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैदको फैसला सुनाएको छ ।
मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि खरिद भएका साइकलको गुणस्तरमाथि प्रश्न उठेको थियो । प्रदेशका छात्राहरूलाई विद्यालय जान भनी कम्पनी नखुलाई खरिद गरिएको साइकल खरिदमा १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी अख्तियारको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासबाट यस्तो फैसला आएको हो । फैसलामा मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमलाल भुसाल र जलस्रोत, सिँचाइ तथा विकास डिभिजन कार्यालय जनकपुरकाका तत्कालीन प्रमुख भगवान झालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद फैसला भएको छ । साथै, दुवैलाई दश–दश हजार रुपैयाँ जरिवानाको पनि फैसला भएको छ ।
प्रतिकृया दिनुहोस्