चुलिडाँडामा हेलिप्याट निर्माण पछि हस्तान्तरण
स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिका–४ चुलिडाँडामा हेलिप्याट निर्माण सम्पन्न भएको छ । नेपाली सेना, श्री पश्चिम पृतना हे.क्वा.को ‘एक आर्थिक वर्ष, एक युनिट जोडी हेलिप्याड निर्माण’ कार्ययोजना अन्तर्गत निर्माण सम्पन्न गरिएको हो । सेनाले बुधबार एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
विपद् दुर्घटना लगायत अन्य आकस्मिक विपद्, हवाई उद्दारको लागि स्थानीय तहको बजेट तथा नेपाली सेनाको जनशक्ति/श्रमदानमा एक आर्थिक वर्ष एक युनिटः जोडी हेलिप्याट निर्माण गर्ने योजना अनुरुप निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाको आर्थिक व्यवस्थापन र समरजित गुल्म आधिखोला व्यारेक, स्याङ्जाको जनशक्तिको श्रमदानबाट निर्मांण भएको हेलिप्याड हस्तान्तरण कार्यक्रममा हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली सेनाका पदाधिकारी र अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्