सबै इमानदार भए एक वर्षमै वायुसेवा निगमको मुहार फेरिने मन्त्री किरातीको दावी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सबै इमान्दार भएको अवस्थामा एक बर्षमै वायुसेवा निगमको मुहार फेरिने बताएका छन् । शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको शिलान्यास गर्दै उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरेका हुन् ।
उनले निगम अन्तार्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए । उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने बताए । उनले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भए पनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको बताए ।
निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरुको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले विस्तारै निगम माथि उठ्दै गएको अनुभूति भएको बताए ।
प्रतिकृया दिनुहोस्