प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपमन्त्री हायान बिच भेट वार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपमन्त्री हायान बिच भेट वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार वार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

लोकप्रिय