विदेश पलायनले पाँच वर्ष पछि नेपालमा स्वास्थ्यकर्मीनै नपाउने अवस्था छ –स्वास्थ्य मन्त्री बस्नेत

विदेश पलायनले पाँच वर्ष पछि नेपालमा स्वास्थ्यकर्मीनै नपाउने अवस्था छ –स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।

सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए ।

मन्त्री बस्नेतले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । उनले देशमा कामै नपाउने अवस्था रहेको बताए । उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए ।

लोकप्रिय