सोसल मिडिया स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाई

सोसल मिडिया स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाले नेपाली समाजमा नकारात्मक प्रभाव जमाइरहेको बताएका छन् । उनले सोसल मिडिया स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको त्यसका लागि एउटा तप्का लागिपरेको समेत प्रधानमन्त्री बताए ।

सोमबार माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोसल मिडियाका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हामीबाट त्यस्ता तत्त्वको प्रतिवाद भइरहेको छैन । अझै पुगेको छैन यसका लागि प्रेस सेन्टर अलि लाग्नुपर्छ ।’

अहिले आइटीको जमाना भएको भन्दै उनले त्यसको विशेषता बुझ्नुपर्ने र त्यसमा अभ्यस्त हुन समेत उनले पत्रकारहरूलाई आग्रह गरे । विगतमा साप्ताहिक पत्रिकाले राजनीतिक परिवर्तनका लागि ठुलो भूमिका खेलेको बताउँदै प्रधानमन्त्रीले अहिले युग परिवर्तन भएकोले नयाँ ढङ्गबाट सोच्नुपर्ने दिन आएको बताए ।

लोकप्रिय