आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

आजको मौसमः तराईमा बाक्लो हुस्सु र कुहिरो, उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशैभर पश्चिमी वायुको आंशिक प्रभाव छ । मंगलबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने तराईका जिल्लामा हुस्सु र कुहिरोको समस्या निरन्तर रहनेछ ।

मंगलबार दिउँसो केही ठाउँमा आंशिक बदली भए पनि सामान्यतः मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराईमा तत्काल चिसो घट्ने सम्भावना छैन । साथै, काठमाडौंसहित देशभर पानी पर्ने सम्भावना समेत छैन ।

लोकप्रिय