नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण जुन २० देखि

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण जुन २० देखि

काठमाडौं । नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ । अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने सातौं अन्तराष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।

चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन् । नेपाल, अमेरिका र दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

अमेरिकाका वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ’ग्लोबल पिस फिल्म फेस्टिवल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ ।

लोकप्रिय