विभिन्न जटिलता संगै वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घट्यो

विभिन्न जटिलता संगै वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घट्यो

काठमाडौं । पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या दुई लाख नाघेको छ । यो यस अघिका बर्षहरुको तुलनामा २४ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार (आज) सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार पछिल्लो ६ महिनामा संस्थागत एवं व्यक्तिगत गरेर २ लाख ७ हजार ९७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसै अवधिमा एक लाख ३५ हजार ४३५ जनाले संस्थागत तथा व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा दुई लाख ७५ हजार ६४३ जनाले संस्थागत तथा व्यक्तिगत अन्तिम श्रम स्वीकृति लिएका थिए । एक लाख ४२ हजार ५४८ जनाले संस्थागत एवं व्यक्तिगत पुनः श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको ६ महिनामा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यस वर्ष ६७ हजार ६७३ जना कम वैदेशिक रोजगारीमा गएका छन् । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि अघिल्लो वर्षको तुलनामा करिब पाँच प्रतिशत अर्थात ७ हजार ११३ जना कम भएको छ ।

पछिल्लो समय खाडी, युरोप तथा अन्य मुलुकहरुमा रोजगारीको लागि जानेको लहर लागेपनि प्रक्रियागत जटिलता, आर्थिक अभाव, विद्यार्थी भिजा बढ्दै जानु जस्ता कारणले केहि प्रतिशतमा गिरावट आएको हो ।

लोकप्रिय