आज सोनाम ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । तामाङ समुदायको चार्ड सोनाम ल्होसार शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ । ल्होसारलाई नयाँ वर्षका रूपमा लिइन्छ । मञ्जुश्री पात्रो अनुसार २८६० औँ वर्ष शुरु भएको छ । खरायो वर्ष पूरा गरी मेघ (ड्रागन) वर्ष प्रवेश भएको छ ।
सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ (ड्रागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदै छ । राजधानीमा रहेका तामाङहरूले टुँडिखेलमा भेला भई ल्होसार मनाउँछन् ।
शुक्रबार शुरु भएको ल्होसार साँस्कृतिक महोत्सव अन्तर्गत आज मुख्य दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विषेश कार्यक्रम हुँदैछ । प्रधानमन्त्रीले दिउँसो १ बजे औपचारिक कार्यक्रममाको उद्घाटन गर्ने ल्होसार मूल समारोह समितिका संयोजक कुमारसिंह घिसिङले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्