देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा छ – अध्यक्ष केसी

देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा छ – अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अखण्डता र राष्ट्रियता गम्भीर संकटमा रहेको बताएका छन् ।

आइतवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुनै एक व्यक्तिलाई दोषी देखाएर जेलमा राख्दैमा नेपाली समाज परिवर्तन नहुने भन्दै राज्य सञ्चालन गर्नेहरूको प्रवृत्ति सच्चिन जरुरी रहेको बताएका हुन् ।

उनले राजनीति गर्ने भनेको जसरी पनि कमाउनका लागि भन्ने मानसिकता हटाउनुपर्ने बताए । केसीले मान्छे बेचबिखन गर्ने सञ्जाललाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गरे । अध्यक्ष केसीले नेपालमा जागिर खाने कुरा जनताको सेवाका लागि नभई कमाइ खाने भाँडोको रूपमा प्रयोग हुने गरेको बताए ।

लोकप्रिय