धुनिबेसीको पर्यटन प्रवर्द्धन गर्न सघाउने मुख्यमन्त्री जम्कट्टेलको प्रतिबद्धता
धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले धुनिबेसी नगरपालिका भित्रका पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्न सघाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
धुनिबेसी नगरपालिका वाड नं. ६ र गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल (भिटोफ–नेपाल)द्वारा संयुक्त रुपमा नौबिसेमा आयोजित ‘अध्ययन अवलोकन भ्रमण’मा बोल्दै राजधानीको नजिकै रहेरपनि बत्तिमुनिको अँध्यारो सो नगरपालिका पर्यटनका हिसाबले धेरै सम्भावन रहेको समेत बताएका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले पर्यटन लगायतका क्षेत्रमा धेरै काम गर्न सक्ने भएपनि नीतिको अभाव भएको बताउँदै बागमती प्रदेशभित्र रहेका काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र सम्बद्र्वनका लागि नीति बनाईरहेको बताए ।
वडा अध्यक्ष रमेश आचार्यले अवलोकन भ्रमणमा आउने सबैलाई धन्यबाद दिदै भने, “हामीले सोचेको भन्दा राम्रो कार्यक्रम भयो, राष्ट्रियरुपमा ख्याति प्राप्त पर्यटन सम्बद्र्धन व्यवसायी संघसँस्थाका नेतृत्वज्यू र मुख्यमन्त्रीज्यू पनि पाल्नुभयो हामी आभारी छौं ।”
‘राजधानी काठमाडौंबाट मात्र २५ किलोमिटर छ,त्यो पनि सुरुङ मार्ग बनेपछि त झनै नजिक हुने यस क्षेत्रको पर्यटनको उजागर गरिदिन हार्दिक अपिल गर्दछ ।’ अध्यक्ष आचार्यले थपे ।
अध्ययन अवलोकन तथा पदयात्रा (हाइकिङ)पछि भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले धुनिबेसी पर्यटनका लागि निकै नै सम्भावना रहेको बताए । अध्यक्ष थापाले समग्र देशको पर्यटनलाई सबल र सक्षम बनाउँनका लागि सबै किसिमका पर्यटन व्यवसायी एकजुट हुनु पर्नेमा जोड दिए ।
देशमा तीन तहको सरकार भएको र स्थानिय तहलाई पर्यटनसम्बन्धी नीति बनाउन पाउने अधिकार रहेको बताउँदै, पर्यटन मैत्री नीति बनाउनु पर्ने सुझाएका थिए । धुनिवेसी जस्ता स्थानिय तथा प्रचारमा नआएका पर्यटकिय क्षेत्रहरुमा होम स्टे ट्रेकिङ ट्रायलको माध्यम र धार्मिक तथा कृषिलाई जोडेर प्रवद्र्धन गर्न सकिने बताउँदै भने, ‘नेपालमा सिजनलरुपमा मात्रै पर्यटन चलिरहेको अवस्थामा हामिले गाउँ पर्यटनको प्रवद्र्धन गरेको खण्डमा बाह्रै महिना देशको पर्यटनलाई चलायमान बनाउँन सकिन्छ ।’
इस्टोनिका लागि नेपालका अवैतानिक बाँणिज्य दूत नवराज दाहाल,नेपाल र्यटन बोर्डका निर्देशक मणिराज लामिछाने,तारागाउँ विकास समितिका संचालक तथा भिटोफ पूर्व अध्यक्ष शिब लामिछाने, भिटोफ पूर्व अध्यक्ष रामप्रसाद सापकोटा, टे«किङ एजेन्सिज एसोसियसन आफ नेपालका महासचिब बिनोद सापकोटा, नेपाल पर्वातोहण संघका सचिब धनबहादुर गुरुङ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स अप्रेटर नेपाल९सोटो०का वरिष्ट उपाध्यक्ष मान बहादुर शाही, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज पाण्डे, राष्ट्रिय उड्डयन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे,
रास्वपाका नेता तथा सो निकट उत्पादन तथा प्रवद्र्धन विभाग सदस्य गोविन्द पन्त, भिटोफका पूर्व अध्यक्ष द्वोय दिपक दाहाल र अशोक सिलवाल र भिटोप नेपालका सचिव दिपक पण्डेलगायत करिब २ सय जनाले नौबिसे,कालीदेबी मन्दीर,गौचरण,मदाने र टोट्के मैदानसम्म अध्ययन अवलोकनको क्रममा हाईकिङ९पदयात्रा० गरेका थिए ।
प्रतिकृया दिनुहोस्