११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी थालेको छ ।

कार्यालयले मंगलबार (आज) एक सूचना जारी गर्दै ठेक्का लिएर समयमै काम नगर्ने ती निर्माण कम्पनीलाई ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिएपनि स्पष्टिकरण नबुझाएपछि कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो ।

निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन, बाजुराको ए वान खप्तड कन्सट्रक्सन एण्ड अर्डर सप्लायर्सलगायत छन् ।

यी निर्माण कम्पनीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

लोकप्रिय