नामिबिया विरुद्ध नेपालको खराब सुरुवात

नामिबिया विरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ । नामिबिया विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले जम्मा २५ रन बनाउँदा चार विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल डकआउट भएका थिए भने आसिफ शेख ४ रन, अनिल शाह ८ रन र रोहित पौडेल जम्मा एक रन जोडेर पेभेलियन फर्किएका छन् ।

नामिबियाका लागि रुबेन ट्रम्पलमेन र ज्याक ब्रसेलले समान दुई–दुई विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा अहिले भीम सार्की र कुशल मल्ल क्रिजमा छन् ।

लोकप्रिय